दफा ४०
परियोजनाको अनुगमन गर्न सक्ने
(१) समितिले परियोजना कार्यान्वयनको अनुगमन गर्न सक्नेछ र त्यसरी अनुगमन गर्दा सम्बन्धित जिल्ला विकास समितिको सभापति र एकजना महिला सदस्यलाई सहभागी गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम परियोजना अनुगमन गर्ने सिलसिलामा समितिले दिएको निर्देशनको पालना गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिको कर्तव्य हुनेछ ।
(२) उपदफा (१) बमोजिम परियोजना अनुगमन गर्ने सिलसिलामा समितिले दिएको निर्देशनको पालना गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिको कर्तव्य हुनेछ ।