दफा ४५
परियोजनाको विवरण राख्नु पर्ने
(१) नेपाल सरकारले समितिको सुझाव लिई दफा ३ बमोजिम कार्यान्वयन गरिने परियोजनाको पहिचान गरी सोको विवरण अद्यावधिक राख्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम विवरण राख्दा नेपाल सरकारले सर्भेक्षण भए वा नभएका परियोजनाको छुट्टाछुट्टै विवरण राख्नु पर्नेछ ।