दफा २९
परियोजनाको सुरक्षा गर्न सक्ने
(१) परियोजनाको सुरक्षा अनुमतिपत्र प्राप्त व्यक्ति आफैले गर्नु पर्नेछ ।
(२) अनुमतिपत्र प्राप्त व्यक्तिले विशेष कारण देखाई परियोजनाको खास किसिमको सुरक्षाको लागि नेपाल सरकारसँग अनुरोध गरेमा सो बापत लाग्ने खर्च अनुमतिपत्र प्राप्त व्यक्तिले व्यहोर्ने गरी नेपाल सरकारले त्यस्तो परियोजनाको सुरक्षाको व्यवस्था गर्न सक्नेछ ।