दफा
परिषद् संगठित संस्था हुने :

(१) परिषद् अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(२) परिषद्को सबै काम कारवाईको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) परिषद्ले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेच– बिखन गर्न वा अन्य किसिमको व्यवस्था गर्न सक्नेछ ।
(४) परिषद्ले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र परिषद्उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।
(५) परिषद्को आफ्नो छुट्टै झण्डा हुनेछ ।