दफा २७
परिषद्को काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र लेखिएदेखि बाहेक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:
(क) मेलमिलापद्वारा विवादको निरुपण गर्न प्रोत्साहन हुने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने वा गराउने,
(ख) मेलमिलापद्वारा विवाद समाधानको कार्यविधिको सरलीकरण गरी त्यस्तो कार्यविधिको व्यापक प्रयोगका लागि प्रचलित कानूनमा सुधार गर्न नेपाल सरकारलाई सुझाव दिने,
(ग) मेलमिलापकर्ताको लागि दिइने तालीमको पाठ्यक्रम स्वीकृत गर्ने तथा त्यस्तो तालीम सञ्चालन गर्न संस्था तोक्ने,
(घ) मेलमिलाप सम्बन्धी सेवा प्रदान गर्ने संस्थाको संस्थागत क्षमता एवं तालीमको गुणस्तरको अनुगमन र मूल्याड्ढन गर्ने,
(ङ) मेलमिलापकर्ताको दक्षता अभिवृद्धिको लागि तालीम तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गराउने,
(च) स्थानीय स्तरमा सामुदायिक मेलमिलापको स्थायी संरचनाको प्रारुप तयार गरी कार्यान्वयनको लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(छ) मेलमिलापकर्ताको काम कारबाहीको अनुगमन गर्ने वा गराउने,
(ज) मेलमिलापकर्ताले आचारसंहिता पालना गरे वा नगरेको सम्बन्धमा छानबिन गराउने र पालना नगरेको अवस्थामा कारबाही गर्ने,
(झ) मेलमिलाप सम्बन्धी अन्य काम कारबाही गर्ने वा गराउने ।