दफा १७
परिषद्को काम, कर्तव्य र अधिकार
: परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) साझा अधिकारका विषयमा कानून तथा नीति तर्जुमाको लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने,
(ख) प्रदेश तथा स्थानीयस्तरमा कार्यान्वयन हुने राष्ट्रिय हित तथा स्वार्थसँग जोडिएको विषयमा समन्वय गर्ने,
(ग) राष्ट्रिय योजना, नीति तथा कानूनहरुको प्रदेश तथा स्थानीय तहमा कार्यान्वयनका सम्बन्धमा रहेका जटिलता समाधान गर्न समन्वय गर्ने,
(घ) अन्तरप्रदेश तथा स्थानीय तहलाई प्रभाव पर्ने कानून, नीति तथा रणनीतिको तर्जुमाको सम्बन्धमा समन्वय गर्ने,
(ङ) अन्तरप्रदेशस्तरमा सञ्चालित विकासका ठूला आयोजनाहरुको कार्यान्वयनको सम्बन्धमा समन्वय गर्ने,
(च) संघीयता कार्यान्वयनको सम्बन्धमा संघ, प्रदेश र स्थानीय तहबाट बनेका नीति, कानून तथा योजनाको समिक्षा तथा विश्लेषण गर्ने, गराउने,
(छ) संघ, प्रदेश र स्थानीय तहबाट हुने सेवा प्रवाहको विषयमा सामञ्जस्यता कायम गर्न आवश्यक कार्य गर्ने,
(ज) कानून निर्माण तथा कार्यान्वयनको विषयमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारलाई सुझाव दिने,
(झ) नेपाल सरकार, मन्त्रिपरिषद्‌, विषयगत समिति र प्रदेश समन्वय परिषद्बाट छलफलको लागि पठाएका विषयमा आवश्यकता अनुसार छलफल तथा समन्वय गर्ने।