दफा १९
परिषद्को कोष :

(१) परिषद्को एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम ।
(ख) विदेशी सरकार, संघ, संस्था वा व्यक्ति वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त सहयोग, अनुदान वा ऋणको रकम ।
(ग) स्वदेशी व्यक्ति वा संघ, संस्थाबाट प्राप्त रकम ।
(घ) परिषद्ले गरेको लगानीबाट आर्जित रकम ।
(ङ) परिषद्ले उपलब्ध गराएको सेवा वापतप्राप्त हुन आएको सेवा शुल्कको रकम ।
(च) अन्य स्रोतबाट प्राप्त रकम ।
(२) उपदफा (१) को खण्ड (ख) बमोजिम विदेशी सरकार, संघ, संस्था वा व्यक्ति वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट ऋण लिनु अघि पषिद्ले नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।
तर परिषद्ले सहयोग वा अनुदान स्वरूप रकमप्राप्न गर्नको लागि नेपाल सरकारको स्वीकृति लिनु पर्ने छैन । त्यसरी सहयोग वा अनुदान पाएको जानकारी परिषद्ले नेपाल सरकारलाई दिनु पर्नेछ ।
(३) परिषद्को कोषमा जम्मा भएको रकम परिषद्ले तोकेको कुनै बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ र परिषद्ले आवश्यकता अनुसार विदेशी बैंकमा समेत खाता खोली रकम जम्मा गर्न सक्नेछ ।
(४) परिषद्को निमित्त गर्नु पर्ने सबै खर्च परिषद्को कोषबाट व्यहोरिनेछ ।
(५) परिषद्को कोषको खाताको सञ्चालन तोकिएबमोजिम हुनेछ ।