दफा १३
परिषद्को गठन
(१) दफा १२ बमोजिमको प्राधिकरणको काम कारबाहीको सञूचालन, रेखदेख र व्यवस्थापनको लागि सङ्घीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषद्‌ रहनेछ।
(२) उपदफा (१) बमोजिमको परिषद्मा देहायका अध्यक्ष तथा सदस्यहरू रहनेछन्‌:-
(क) प्रमुख, काठमाडौं महानगरपालिका - अध्यक्ष (ख) प्रमुख, ललितपुर महानगरपालिका - उपाध्यक्ष (ग) प्रमुख, भक्तपुर नगरपालिका -सदस्य
(घ) सहसचिव, मन्त्रालय -सदस्य
(ङ) महानिर्देशक, सडक विभाग वा निजले तोकेको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी -सदस्य
(च) महानिर्देशक, यातायात व्यवस्था विभाग वा निजले तोकेको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी -सदस्य
(छ) सचिव, वागमती प्रदेश सरकारको यातायात विषय हेर्ने मन्त्रालय -सदस्य
(ज) प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखा वा निजले तोकेको कम्तीमा प्रहरी उपरीक्षक -सदस्य
(झ) प्रतिनिधि, सङ्घीय राजधानी शहरी क्षेत्रमा सार्वजनिक यातायात सञूचालन गर्ने फरक प्रकारका ठूला कम्पनीको तर्फबाट एक- एकजना गरी परिषद्द्वारा मनोनीत कम्तीमा एकजना महिला सहित तीनजना -सदस्य
(ज) प्रतिनिधि, उपभोक्ता हित संरक्षणको क्षेत्रमा कार्यरत संस्थामध्ये परिषद्द्वारा मनोनीत कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य
(ट) यातायात क्षेत्रमा विज्ञता हाँसिल गरेका व्यक्तिमध्ये बागमती प्रदेश सरकारद्वारा मनोनीत कम्तीमा एकजना महिला सहित तीनजना -सदस्य
(ठ) परिषद्मा प्रतिनिधित्व नभएका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका नगरपालिकाको तर्फबाट प्रमुख वा उपप्रमुखमध्ये सम्बन्धित स्थानीय तहद्वारा मनोनीत एक-एकजना प्रतिनिधि -सदस्य
(ड) श्रमिक, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व हुने गरी परिषद्द्वारा मनोनीत तीनजना - सदस्य
(ढ) प्रमुख कार्यकारी अधिकृत - सदस्य-सचिव स्पष्टीकरणः यस उपदफाको खण्ड (झ) को प्रयोजनको लागि "ठूला कम्पनी" भनूनाले सङ्घीय राजधानी शहरी क्षेत्रमा सार्वजनिक यातायात सञजूचालन गर्ने कम्पनीमध्ये सबैभन्दा बढी सवारी साधन दर्ता गर्ने कम्पनी सम्झनु पर्छ।
(३) उपदफा (२) को खण्ड (झ),
(ज),
(ट),
(ठ) र (ड) बमोजिमका सदस्यको पदावधि पाँच वर्षको हुनेछ।
(४) परिषद्ले आवश्यक देखेमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय संसदका सदस्य, प्रदेश सभाका सदस्य, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कुनै निकाय, स्वदेशी वा विदेशी विशेषज्ञलाई परिषद्को बैठकमा पर्यवेक्षकको रूपमा आमन्त्रण गर्न सक्नेछ ।
(५) उपदफा (३) बमोजिमका सदस्यको पद देहायको अवस्थामा रिक्त भएको मानिनेछ: ५ (क) निजले आफ्नो पदबाट राजीनामा दिएमा,
(ख) निजको पदावधि पूरा भएमा, वा (ग) निजको मृत्यु भएमा।