दफा ५
परिषद्को गठन
(१) परिषद्मा देहाय बमोजिमका सदस्य रहनेछन् :- (क) णशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको रुपमा कम्तीमा "ख श्रेणी" मा दर्ता भएको र पाँच बर्ष -अध्यक्ष अनुभव प्राप्त गरेका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीमध्येबाट नेपाल सरकारबाट मनोनित एकजना (ख) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको रुपमा कम्तीमा "ख श्रेणी" मा दर्ता भएका पशु उव्पक्ष स्वास्थ्य तथा पशु सेवा व्यवसायीमध्येबाट निर्वाचित एकजना (ग) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी मध्येबाट मन्त्रालयबाट मनोनित कम्तिमा एकजना महिला रदस्य सहित दुईजना (घ) पशु स्वास्थ्य तथा पशु सेवा ब्यवसायीमध्येबाट -सदस्य प्रत्येक प्रदेशबाट एक/एक जना निर्वाचित हुने गरी सातजना (ङ) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीमध्येबाट -सदस्य कम्तीमा दुईजना महिला सहित निर्वाचित चारजना (च) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सम्बन्धी विषय अध्यापन गर्ने विश्वविद्यालय वा अध्ययन -सदस्य संस्थान मध्येबाट र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट परिषद्ले मनोनित गरेको कम्तीमा एकजना महिला सहित दुईजना
(छ) नेपाल पशु चिकित्सा परिषद्का पदाधिकारी -सदस्य प्रतिनिधि एकजना
(ज) रजिष्ट्रार -सदस्य-सचिव
(२) उपदफा (१) को खण्ड (ख),
(घ) र (ङ) बमोजिमका सदस्यको निर्वाचन तोकिए बमोजिम हुनेछ।
(३) उपदफा (१) बमोजिम मनोनित तथा निर्वाचित सदस्यहरुको पदावधि चार वर्षको हुनेछ। पदावधि समाप्त भएपछि निजहरु पुनः एक पटकका लागि मनोनित वा निर्वाचित हुन सक्नेछन्।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि परिषद्को काम, कर्तव्य र अधिकार विपरीत हुने गरी काम गरेमा नेपाल सरकारले त्यस्तो सदस्यलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ ।
तर, त्यसरी निजलाई पदबाट हटाउनु अघि सफाइ पेश गर्ने मौका दिनु पर्नेछ।
(५) उपदफा (३) बमोजिमको पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिको लागि परिषद्ले अर्को सदस्य मनोनित वा निर्वाचित गर्न सक्नेछ |
तर, एक वर्षभन्दा कम अवधिको लागि रिक्त पदमा मनोनयन वा निर्वाचन गरिने छैन ।
(६) उपदफा (१) बमोजिमको परिषद् गठन नभएसम्मको लागि परिषद्ले गर्नु पर्ने काम गर्न नेपाल सरकारले उपदफा (१) मा उल्लेख भए बमोजिमका क्षेत्रको प्रतिनिधित्व हुने गरी समिति गठन गर्न सक्नेछ ।
(७) उपदफा (६) बमोजिमको समिति गठन गर्दा दफा १७ बमोजिम सम्बन्धित पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको लागि आवश्यक योग्यता हासिल गरेका व्यक्तिहरुमध्येबाट गठन गरिनेछ।
(८) उपदफा (६) बमोजिम गठन भएको समितिको अवधि बढीमा एक वर्षको हुनेछ।
(९) उपदफा (१) बमोजिमका सदस्य मनोनीत वा निर्वाचित गर्दा समावेशी सिद्धान्तका आधारमा गर्नु पर्नेछ।
(१०) उपदफा (१) बमोजिम परिषद्मा सदस्य निर्वाचन वा मनोनयन गर्दा पशु सेवा तथा पशु स्वास्थ्यसँग सम्बन्धित सबै क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गराउनको लागि आलो-पालो गरी गर्नु पर्नेछ।