(१) अध्यक्षको निर्देशन अनुसार सदस्य सचिवले मिति, समय र स्थान तोकी परिषद्को बैठक बोलाउने छ ।
(२) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ । अध्यक्ष र उपाध्यक्ष दुवैको अनुपस्थितिमा सदस्यहरूले आफू मध्येबाट छानेको सदस्यले वैठकको अध्यक्षता गर्नेछ ।
(३) बैठक वस्ने सूचना साधारणतया एक महीना अगावै दिनु पर्नेछ ।
(४) परिषद्को कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिने छ ।
(५) बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने ब्यक्तले निर्णयात्मक मत दिन पाउनेछ ।
(६) परिषद्को बैठक साधारणतया बर्षको दुई पटक बस्नेछ । अध्यक्षले आवश्यक देखेमा बढी बैठकहरू बोलाउन सक्नेछ ।
(७) सदस्य–सचिवले बैठकको निर्णय पुस्तिका राख्नेछ ।
(८) सदस्यहरूले बैठकमा भाग लिदा पाउने भत्ता तथा अन्य सुविधाहरू तोकिए बमोजिम हुनेछ
(९) यस दफामा लेखिएदेखि बाहेक बैठकको अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।