दफा १३
परिषद्को बैठक
: (१) परिषद्को बैठक दुई महिनामा कम्तीमा एकपटक बस्नेछ ।
(२) परिषद्को बैठक परिषद्को अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) परिषद्को बैठक हुनुभन्दा कम्तीमा चौबीस घण्टा अगावै बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना परिषद्को सदस्य–सचिवले सबै सदस्यहरुलाई दिनु पर्नेछ ।
(४) परिषद्‌मा तत्काल कायम रहेका सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) परिषद्को बैठकको अध्यक्षता परिषद्को अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ ।
(६) परिषद्कोे बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) परिषद्कोे बैठकको निर्णय परिषद्कोे सदस्य–सचिवले प्रमाणित गरी राख्नेछ ।
(८) परिषद्कोे बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।