दफा ९
परिषद्को बैठक
(१) परिषद्को बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) परिषद्को बैठक साधारणतया वर्षको चार पटक बस्नेछ ।
(३) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ र निजहरु दुवै जना उपस्थित नभएमा उपस्थित सदस्यहरुमध्येबाट जेष्ठ सदस्यले गर्नेछ।
(४) परिषद्को कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपुरक संख्या पुगेको मानिनेछ ।
(५) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(६) परिषद्को निर्णय अध्यक्ष र रजिष्ट्रारद्वारा प्रमाणित गरिनेछ ।
(७) सदस्यहरुले बैठकमा भाग लिँदा पाउने भत्ता तथा अन्य सुविधा तोकिए बमोजिम हुनेछ।
(८) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ।