दफा ३६
परिषद्को विघटन
(१) परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकार प्रयोग गर्न नसकेमा, अधिकारको दुरुपयोग गरेमा, प्राप्त अधिकारभन्दा बढी अधिकार प्रयोग गरेमा वा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम परिषद्ले पालना गर्नु पर्ने कर्तब्य पालना नगरेमा नेपाल सरकारले परिषद् विघटन गर्न सक्नेछ ।
तर परिषद् विघटन गर्नु अघि परिषद्लाई आफ्नो काम, कारबाही सुधार गर्न वा सच्याउने मौका दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम परिषद् विघटन भएपछि परिषद्को कोष र अन्य सम्पत्ति नेपाल सरकारले आफ्नै जिम्मामा राखी अर्को परिषद् गठन नभएसम्म यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम परिषद्ले गर्नु पर्ने सबै काम कारवाही आफैँले गर्न वा कुनै समिति गठन गरी सोही समितिबाट गराउन सक्नेछ ।
(३) उपदफा (१) बमोजिम परिषद् विघटन भएको छ महिनाभित्र नेपाल सरकारले दफा ५ को उपदफा (१) बमोजिम अर्को परिषद् गठन गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम अर्को परिषद् गठन भएपछि उपदफा (२) बमोजिम नेपाल सरकारले आफ्नो जिम्मामा राखेको कोष र सम्पत्ति सो परिषद्लाई हस्तान्तरण गर्नेछ।