दफा २६
परिषद्ले मान्यता दिने
(१) कुनै विदेशी लेखा व्यवसायी संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र तालीम प्राप्त गरेको व्यक्तिले त्यस्तो परीक्षा र तालीमको मान्यताको लागि संस्थामा तोकिए बमोजिम दरखास्त दिनु पर्नेछ र यसरी मान्यताको लागि दरखास्त परेमा परिषद्ले त्यस्तो परीक्षा र तालीमलाई मान्यता दिने नदिने सम्बन्धमा निर्णय गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको परीक्षा र तालीमको मान्यता दिनु अघि दरखास्तवालाले कुनै शर्त पूरा गर्नु पर्ने परिषद्ले ठहराएमा त्यस्तो शर्त समेत तोकी दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम कुनै शर्त पूरा गर्नु पर्ने गरी तोकिएकोमा त्यस्तो शर्त पूरा भएपछि मात्र यस ऐन बमोजिम संस्थाको सदस्यताको लागि दरखास्त दिन सकिनेछ ।