दफा १३
परिषद्मा आवद्ध हुने :
(१) परिषद्सँग आवद्ध हुन चाहने सामाजिक संघ संस्थाहरूले तोकिए बमोजिमको ढाँचामा परिषद्समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन दिने सामाजिक संघ संस्थाहरूले निवेदनसाथ आफ्नो विधान, कार्य समितिको सदस्यहरूको नाम, पेशा, ठेगाना र संस्था दर्ता भएको कार्यालय र मिति समेत स्पष्ट खोल्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि त्यस्तो निवेदन उपर आवश्यक जाँचबुझ गरी सम्बन्धित सामाजिक संघ संस्थालाई परिषद्सँग आबद्ध गर्न उपयुक्त देखेमा परिषद्ले तोकिएबमोजिम दस्तुर लिई तोकिए बमोजिमको ढाँचामा प्रमाणपत्र दिनेछ ।
(४) परिषद्सँग आवद्ध सामाजिक संघ संस्थाले तोकिएबमोजिम आफूलाई परिषद्बाट अलग गर्न सक्नेछ ।