नियम ९६
परीक्षणकाल
(१) नियम ९५ बमोजिम शिक्षक नियुक्ति गर्दा महिला शिक्षिकाको हकमा छ महिना र पुरुष शिक्षकको हकमा एक वर्षको परीक्षणकालमा रहने गरी नियुक्ति गरिनेछ ।
(२) उपनियम (१) बमोजिमको परीक्षणकालमा राखिएको शिक्षकको काम सन्तोषजनक नभएमा निजलाई नियुक्त गर्ने अधिकारीले परीक्षणकाल अवधिभित्र जुनसुकै बखत सेवाबाट हटाउन सक्नेछ ।