नियम ३६
परीक्षा र तत्सम्बन्धी कार्यविधि

(१) प्राधिकरणले लिएको परीक्षा उत्तीर्ण नगरेको कुनै पनि व्यक्तिलाई व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र दिइने छैन ।
(२) उपनियम (१) बमोजिम लिइने परीक्षाको पाठ्यक्रम र पाठ्यांश भार निर्धारण गरी परीक्षा सञ्चालन गर्न प्राधिकरणले परीक्षा सञ्चालन समिति गठन गर्नेछ ।
(३) उपनियम (२) बमोजिम गठित परीक्षा सञ्चालन समितिको काम, कर्तब्य र अधिकार लगायत परीक्षा सञ्चालन सम्बन्धी व्यवस्था कार्यविधि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।
(४) हवाई उडान सुरक्षाको परीक्षा निम्न लिखित मध्ये कुनै एक वा एकभन्दा बढी प्रक्रियाद्वारा लिन सकिनेछ ।
(क) लिखित,
(ख) मौखिक,
(ग) प्रयोगात्मक,
(घ) चेकराइड,
(ङ) सिमुलेशन,
(च) विविध ।
(५) उपनियम (१) बमोजिम लिइने परीक्षा शुल्क अनुसूची–१ मा उल्लेख भए बमोजिम हुनेछ । प्रत्येक विर्षयको परीक्षाको लागि छुटृाछुटृै परीक्षा शुल्क लाग्नेछ ।