नियम ३८
परीक्षाको पाठ्यक्रम तथा बढुवा सिफारिस सम्बन्धी अन्य व्यवस्था
(१) आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम आयोगले निर्धारण गरेबमोजिम हुनेछ ।

(२)आन्तरिक प्रतियोगितात्मक परीक्षाको पूर्णाङ्क देहाय बमोजिम हुनेछः-

(क) लिखित परीक्षा - १०० अङ्क
(ख) अन्तर्वार्ता -१५ अङ्क
(ग) अनुभव वापत प्रत्येक वर्षको एक अड्डका दरले बढीमा -१० अङ्क।

(३) उपनियम (२)को खण्ड (क)बमोजिम लिइने . लिखित परीक्षाको उत्तीर्णङ्क चालीस अङ्क हुनेछ ।

(४) उपनियम (२) बमोजिम प्राप्त कुल अङ्कका आधारमा योग्यताक्रम निर्धारण गर्नु पर्नेछ ।