दफा ४६
पर्यटकले ल्याएको मालसामानहरूको खरीद विक्रीमा प्रतिबन्ध लगाउन सक्ने
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मालसामान कुनै पर्यटकले विदेशबाट ल्याई नेपाल भित्र विक्री वा दात दातव्य गरी वा अरू कुनै प्रकारबाट हक छाडी दिन नपाउने गरी आदेश जारी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम जारी भएको आदेशको विपरित कसैले कुनै मालसामान लिए दिएमा लिनेबाट सम्बन्धित मालसामान जफत गरी दिनेलाई विगो बमोजिमसम्म जरिवाना प्रमुख जिल्ला अधिकारीले गर्न सक्नेछ ।
(३) उपदफा(२) बमोजिम प्रमुख जिल्ला अधिकारीले दिएको आदेशमा चित्त नबुझ्ने व्यक्तिले पैंतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।