नियम ३१
पर्वतारोहण सम्बन्धी प्रतिवेदन पुस्तक, तस्वीर आदि पेश गर्नु पर्ने

(१) पर्वतारोही दलको नेताले नेपाल ……….बाट फर्कनु अघि डिब्रिफिङ्गको लागि मन्त्रालयमा आफै उपस्थित
भई अनुसूची –१२ बमोजिमको ढाँचामा पर्वतारोहण सम्बन्धी प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(२) पर्वतारोही दलको नेताले पर्वतारोहण अभियान समाप्त भएको पाँच महीनाभित्र आफ्नो पर्वतारोही दलले आरोहण गरेको मार्गको नक्शा सहितको विस्तृत सचित्र सम्बन्धी प्रतिवेदन अंग्रेजी वा नेपाली भाषामा तयार गरी मन्त्रालयमा पेश गर्नु
पर्नेछ ।
(३) पर्वतारोही दलले उपनियम (२) बमोजिम सचित्र प्रतिवेदन पेश गर्दा आफूले आरोहण गरेको मार्गबाट लिइएको सम्बन्धित हिमालचुलीको तस्वीर, आधार शिविर लगायत विभिन्न शिविरहरूको तस्वीर र हिमालचुलीमा पुगेको बखत आरोही सदस्यले तस्वीर लिएको भए त्यस्तो तस्वीरको एक एक प्रति मन्त्रालयमा पेश गर्नु पर्नेछ ।
(४) कुनै पर्वतारोही दलले पर्वतारोहणबाट फर्केपछि आफ्नो पर्वतारोहण सम्बन्धी कुनै पुस्तक वा पुस्तिका प्रकाशित गरेमा त्यस्तो पुस्तक वा पुस्तिकाको दुई प्रति मन्त्रालयमा पठाउनु पर्नेछ ।

(५) कुनै पर्वतारोही दलले आफ्नो पर्वतारोहण सम्बन्धी वृत्तचित्र तयार पारेमा त्यस्तो वृत्तचित्रको एक प्रति मन्त्रालयमा पेश गर्नु पर्नेछ ।