नियम ४
पसलबाट उपलव्ध गराउन सक्ने वस्तु, सेवा तथा सुविधा
सहकारी संस्थाले पसलबाट देहायका वस्तु, सेवा तथा सुविधा सुपथ मूल्यमा उपलब्ध गराउन सक्नेछः–
(क) अत्यावश्यक दैनिक उपभोग्य वस्तु,
(ख) स–साना कृषि औजार, उपकरण तथा त्यस्ता औजार वा उपकरणका पार्टपूर्जा,
(ग) रासायनिक मल तथा उन्नत जातका बीउ बीजन,
(घ) सरकारी कार्यालय वा सार्वजनिक संस्थाले बिक्री वितरणको लागि उपलव्ध गराएको कुनै वस्तु वा सेवा,
(ङ) चिकित्सकको प्रेस्कीप्शन आवश्कय नपर्ने औषधी,
(च) घरायसी सरसफाई सामग्रीहरु,
(छ) सार्वजनिक सञ्चार सेवा तथा इन्टरनेट सुविधा,
(ज) स्थानीय कृषि वा औद्योगिक उत्पादन,
(झ) शैक्षिक सामग्री,
(ञ) सहकारी संस्थाले उपलब्ध गराउन आवश्यक सम्झेका अन्य वस्तु वा सेवा ।