नियम वा उपनियम पहिले प्रकाश गरी बनाउन अख्तियार दिने भनी कुनै नेपाल ऐनमा लेखिएकोछ भने सो
विषयमा देहायका कुराहरू लागू हुनेछन्ः–
(१) नियम वा उपनियमहरू बनाउन अख्तियार पाएको अधिकारीले सो नियम वा उपनियमहरूले असर पार्न सक्ने मानिसहरूलाई थाहा दिना निमित्त सो प्रस्तावित नियम वा उपनियमहरू बनाउनु भन्दा अगावै त्यसको मस्यौदा प्रकाशित गर्नुपर्छ ।
(२) अधिकारीले यति रीत पु¥याए पुग्छ भनी ठह¥याए मुताविक वा पहिले प्रकाश गर्नुपर्ने बारेको शर्तले आवश्यक भएमा नेपाल सरकारद्वारा तोकिएको रीत पु¥याई प्रकाश गर्नुपर्छ ।
(३) कुन मितिमा वा कुन मितिपछि त्यस विषयमा विचार गरिने हो सो समेत खोली मसौदाको साथसाथै सूचना प्रकाशित हुनुपर्छ ।
(४) नियम वा उपनियम बनाउन अख्तियार पाएको अधिकारीले र सो नियम वा उपनियम अरू कुनै अधिकारीको स्वीकृति, अनुमति वा सहमति लिएर बनाउनु पर्ने भए त्यस्तो स्वीकृति, अनुमति वा सहमति दिने अधिकारीले पनि त्यो नियम वा उपनियम बनाउने अख्तियार पाएको अधिकारीकहाँ तोकिएको मितिभन्दा अगावै जोसुकैबाट आएको सुझाव वा विरोधको विचार गर्नुपर्छ ।
(५) पहिले प्रकाश गरी नियम वा उपनियम बनाउने अख्तियारी बमोजिम नियमवा उपनियम बनाउने आदेशले नेपाल राजपत्रमा प्रकाश गरेपछि सो प्रकाशित नियम वा उपनियम रीतपूर्वक बनेका छन् भन्ने कुराको निर्णयात्मक प्रमाण हुनेछ ।