दफा १९
पानी जहाजको नाम
(१) प्रत्येक नेपाली व्यापारिक पानी जहाजको नाम हुनुपर्छ । त्यस्तो नाम
रजिष्ट्रारको अनुमति बिना बदल्न पाइने छैन र दुई नेपाली पानी जहाजको एउटै नाम राख्न
सकिने छैन ।
(२) रेडियो प्रसारण स्टेशन वा रेडियो टेलिफोनको व्यवस्था भएको नेपाली व्यापारिक
पानी जहाजको अन्तर्राष्ट्रिय रुपमा दर्ता गरिएको संकेत (कोड) नाम पनि हुनु पर्नेछ ।
(३) प्रत्येक नेपाली व्यापारिक पानी जहाजको मोहोडाको (बो) दुबैतर्फ त्यसको नाम
लेखिएको हुनु पर्नेछ र स्टर्नमा त्यसको नाम र दर्ताको स्थान लेखिएको हुनु पर्नेछ ।