दफा १८
पारिवारिक निवृत्तभरण र उपदान
(१) महान्यायाधिवक्ताले आफ्नो परिवारका सदस्यहरुमध्ये कसैलाई इच्छाएको भए त्यस्तो व्यक्तिलाई र त्यस्तो इच्छाइएको व्यक्तिको पनि मृत्यु भएमा वा कसैलाई पनि नइच्छाएकोमा निजको परिवारका सदस्यहरुमध्ये नजीकको हकवालालाई देहायका आधारमा दफा १७ बमोजिमको निवृत्तभरण दिइनेछ:-
(क) पदमा बहाल छदै महान्यायाधिवक्ताको मृत्यु भएमा मृत्यु भएको मिति देखि सात वर्षसम्म,
(ख) दफा १७ बमोजिम निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा सो सातवर्ष पुग्न बाँकी अवधि सम्म ।
(२) पदमा बहाल छदै महान्यायाधिवक्ताको मृत्यु भएमा र दफा १७ बमोजिम निवृत्तभरण पाउने नभई उपदान मात्र पाउने रहेछ भने सो उपदानको रकम निजको परिवारका सदस्यहरु मध्ये उपदफा (१) बमोजिमको व्यक्तिले पाउनेछ ।
(३) उपदफा (१) बमोजिमको पारिवारिक निवृत्तभरण पाउने अवधि भुक्तान भइसके पछि मृत महान्यायाधिवक्ताको विधवा पत्नी वा विधुर पतिले जीवन भर त्यस्तो निवृत्तभरणको आधा रकम लिन पाउनेछ ।
तर त्यस्तो व्यक्तिले आफूले गरेको सरकारी सेवा बापत निवृत्तभरण पाईरहेको भएमा यस उपदफा बमोमिजको निवृत्तभरण पाउने छैन ।
(४) महान्यायाधिवक्ताको पारिश्रमिक बृद्धि हुँदा पारिश्रमिकको अंकमा जति बृद्धि भएकोछ त्यसको दुई तिहाई रकम उपदफा (१) वा (३) बमोजिम पारिवारिक निवृत्तभरण पाइरहेको व्यक्तिले खाईपाई आएको पारिवारिक निवृत्तभरण रकममा पनि थप गरिनेछ ।