दफा
पारिश्रमिक
(१) महान्यायाधिवक्तालाई अनुसूची–१ मा उल्लेख भए बमोजिमको पारिश्रमिक दिइनेछ ।
(२) महान्यायाधिवक्ताले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएमा वा निजको मृत्यु भएमा वा अरु कुनै कारणबाट निजले पदबाट अवकाश पाएमा निजलाई आफ्नो पदमा कायम रहेको दिनसम्म पाउने पारिश्रमिकको अतिरिक्त एक महिनाकोथप पारिश्रमिक दिइनेछ ।
(३) उपदफा (२) बमोजिम महान्यायाधिवक्ताले पाउने पारिश्रमिक तथा थप पारिश्रमिक अवस्था अनुसार निजलाई वा निजले इच्छाएको व्यक्तिलाई दिइनेछ । महान्यायाधिवक्ताको मृत्यु भएमा निजले कसैलाई इच्छाएको रहेनछ वा इच्छाइएको व्यक्ति जीवित रहेनछ भने त्यस्तो पारिश्रमिक निजको नजीकको हकवालालाई दिइनेछ ।