दफा ४३
पारिश्रमिक
(१) कुनै मेलमिलापकर्ताले मेलमिलापकर्ताको रुपमा काम गरे वापत दुवै पक्षको मञ्जूरी भएमा तोकिएको रकममा नबढाई पारिश्रमिक लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पक्षको मञ्जूरी नभएमा मेलमिलापकर्ताले मेलमिलाप गरे वापत परिषद्ले निर्धारण गरे बमोजिमको पारिश्रमिक पाउनेछ ।