(१) पदाधिकारी र सदस्यले आफू निर्वाचित वा मनोनयन भएको मिति देखि अनुसूची–१ मा उल्लेख भए बमोजिमको पारिश्रमिक तथा विशेष भत्ता पाउनेछन्।
तर यो ऐन प्रारम्भ हुँदाका बखत बहाल रहेका पदाधिकारी र सदस्यले यो ऐन प्रारम्भ भएको मिति देखि मात्र यस दफा बमोजिमको पारिश्रमिक पाउनेछन्।
(२) कुनै पदाधिकारी वा सदस्यको पदावधि समाप्त नहुँदै निजको मृत्यु भई वा निजले राजीनामा दिई वा प्रतिनिधि सभा विघटन भई निज आफ्नो पदमा कायम नरहेमा त्यस्तो पदाधिकारी वा सदस्यको सदस्यता कायम रहेको दिनसम्म पाउने पारिश्रमिकको अतिरिक्त एक महिनाको पारिश्रमिक बराबरको थप रकम दिइनेछ ।
(३) उपदफा (२) बमोजिम पाउने रकम अवस्था अनुसार त्यस्तो पदाधिकारी वा सदस्यलाई वा निजले इच्छाएको व्यक्तिलाई दिइनेछ । पदाधिकारी वा सदस्यको मृत्यु भएमा मृत पदाधिकारी वा सदस्यले कसैलाई इच्छाएको रहेनछ वा इच्छाएको व्यक्ति जीवित रहेनछ भने त्यस्तो रकम निजको नजिकको हकवालालाई दिइनेछ ।
(४) योग्यता नपुगेको कारणबाट कुनै पदाधिकारी वा सदस्य आफ्नो पदमा कायम नरहेमा त्यस्तो
पदाधिकारी वा सदस्यलाई उपदफा (२) बमोजिमको थप रकम दिइने छैन ।