दफा २२
पुनराबेदनपत्र दर्ता गर्नु पर्ने
नियम २१ बमोजिम तयार गरी ल्याएको पुनरावेदनपत्र देहायको अवस्था भएमा अदालतले दर्ता गर्नु पर्नेछः-
(क) जरिबाना लाग्नेमा सो भुक्तान गरेको वा प्रचलित कानून बमोजिम जमानी दिएको,
(ख) म्यादभित्र दायर गरेको,
(ग) दस्तुर लाग्नेमा सो दस्तुर दाखिला भएको,
(घ) जुन निर्णय विरुद्ध पुनरावेदन गरिएको हो सो निर्णयको प्रमाणित प्रतिलिपि पेस गरेको ।