दफा २९
पुनरावलोकन समिति
: (१) सञ्चार अभिलेख कार्यको पुनरावलोकन गर्न देहाय बमोजिमको एक पुनरावलोकन समिति रहनेछ :
(क) सचिव, गृह मन्त्रालय – अध्यक्ष
(ख) सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय – सदस्य
(ग) सहसचिव, सूचना तथा सञ्चार मन्त्रालय – सदस्य
(२) टेलिफोन, मोबाइल फोन वा अन्य कुनै सञ्चार माध्यम निष्त्रृmय गर्न वा फोन वा सञ्चार माध्यम सम्पर्क नहुने व्यवस्था गर्न दफा १९ बमोजिम आदेश दिने वा सञ्चार अभिलेख गर्न दफा २५बमोजिम अनुमति दिने वा दफा २६ बमोजिम आदेश दिने अधिकारीले सो अनुमति वा आदेश सम्बन्धी कागजात सहितको विवरण सम्भव भएसम्म त्यसरी आदेश दिएकै दिन र सो सम्भव नभए पर्सीपल्ट सम्ममा पुनरावलोकन समिति समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको पुनरावलोकन समितिले उपदफा (२) बमोजिम विवरण प्राप्त भएको तीन दिन भित्र त्यसरी दिइएको अनुमति वा आदेशको पुनरावलोकन गर्नेछ।
(४) उपदफा (३) बमोजिम पुनरावलोकन गर्दा सङ्गठित अपराधको अनुसन्धानको लागि त्यस्तो अनुमति वा आदेश आवश्यक नदेखिएमा उपदफा (१) बमोजिमको पुनरावलोकन समितिले त्यस्तो अनुमति वा आदेश रद्द गर्नेछ ।
(५) उपदफा (१) बमोजिमको पुनरावलोकन समितिलेउपदफा (४) बमोजिम सञ्चार अभिलेख अनुमति वा आदेश रद्द गरेमा सञ्चार अभिलेख सम्बन्धी कार्य तत्काल बन्द गर्न र अभिलिखित सञ्चार सोही दिन तोकिए बमोजिम नष्ट गर्न वा टेलिफोन, मोबाइल फोन वा अन्य कुनै सञ्चार माध्यम निष्त्रृmय गर्न वा फोन वा सञ्चार सम्पर्क नहुने व्यवस्था गरेकोमा त्यस्तो फोन, मोबाइल फोन वा अन्य सञ्चार माध्यमलाई सक्रिय पार्न त्यसरी अनुमति वा आदेश दिने अधिकारीलाई आदेश दिनेछ ।
(६) उपदफा (१) बमोजिमको पुनरावलोकन समितिले आफ्नो काम कारबाहीको विवरण नियमित रुपमा नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।