दफा २२
पुनरावलोकन सम्बन्धी व्यवस्था
: (१) कुनै व्यक्ति वा संस्थाले आयोगको निर्णय पुनरावलोकन हुनुपर्ने ठानेमा त्यस्तो निर्णयको जानकारी भएको मितिले पन्ध्र दिनभित्र पुनरावलोकनको लागि आवश्यक कागजातसहित आयोगमा निवेदन दिन सक्नेछ ।
तर आयोगले दफा १९ बमोजिम जरिबाना गर्ने गरी गरेको निर्णयको हकमा यो व्यवस्था लागू हुने छैन ।
(२) उपदफा (१) बमोजिम निवेदन परेमा आयोगले पन्ध्र दिनभित्र साविकको निर्णय कायम राख्ने वा संशोधन गर्ने निर्णय गरिसक्नु पर्नेछ ।
(३) आयोगले उपदफा (२) बमोजिम साविकको निर्णय संशोधन गर्ने निर्णय गरेमा साविकको निर्णय कार्यान्वयन नगर्न आदेश दिनेछ ।
(४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अनुमतिपत्र प्राप्त व्यक्तिले गलत कागजात पेश गरेको वा कुनै कागजात लुकाएको जानकारी कुनै स्रोतबाट प्राप्त हुन आएमा वा थप कागजात प्राप्त हुन आएमा आयोगले त्यस्तो विषयमा पुन निर्णय गर्न सक्नेछ ।