दफा ३८
पुनरावेदन गर्न सक्ने
(१) निरीक्षक वा प्रमुखले गरेको निर्णयमा चित्त नबुझ्ने पक्षले उक्त निर्णण भएको मितिले पैंतीस दिनभित्र समिति समक्ष पुनरावेदन गर्न सक्नेछ।
(२) यस ऐन बमोजिम कसूर सम्बन्धी मुद्दामा जिल्ला अदालतले गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले पैँतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न संक्नेछ।