नियम २८
पुनरावेदन दर्ता भए पछि गर्नु पर्न कारवाही

(१) पुनरावेदन दर्ता भएपछि सातदिनभित्र शुृरु निर्णय वा आदेशका सम्पूर्ण मिसिल कागजात झिकाई प्राप्त भएपछि त्यसको जानकारी सम्बन्धित निकाय वा पदाधिकारीलाई पठाउनु पर्नेछ ।
२) पुनरावेदन दर्ता भएपछि मुद्दा हेर्न अधिकारीले मुद्दाको कुनै पक्षलाई झिकाउने आदेश दिएमा नियम १० बमोजिम म्याद तामेल गरी झिकाउनु पर्छ ।