दफा २०६
पुनरावेदन लाग्न नसक्ने अवस्था
दफा २०५ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै अवस्थामा पुनरावेदन गर्न सकिने छैनः–
(क) कानून बमोजिम म्याद प्राप्त वा तामेल भएपछि प्रतिउत्तरपत्र नदिई वा प्रतिवाद नगरी म्याद गुजारेको भएमा,
(ख) मुद्दामा मेलमिलाप वा मिलापत्र गरेकोभएमा,
(ग) दाबी फिर्ता लिएको भएमा,
(घ) फिराद डिसमिस भएकोमा,
तर बेरीतपूर्वक फिराद डिसमिस भएकोमा पुनरावेदन गर्न सकिनेछ ।