दफा २१६
पुनरावेदन सुन्ने अदालतको अधिकार
दफा २१५ बमोजिम पुनरावेदनको रोहमा सुनुवाई गर्दा पुनरावेदन सुन्ने अदालतलाई देहाय बमोजिम गर्ने अधिकारहुनेछः–
(क) तल्लो अदालतको फैसला सदर वा बदर गर्ने,
(ख) तल्लो अदालतको फैसला आंशिक वा पूरै उल्टी गर्ने,
(ग) बुझ्नु पर्ने प्रमाण नबुझी फैसला गरिएको रहेछ भने त्यस्तो प्रमाण आफैँ बुझ्ने वा तल्लो अदालतलाई बुझ्न आदेशदिने,
(घ) मुद्दामा ठहर गर्नु पर्ने विषय सम्बोधन नभई निर्णय भएको भए त्यस्तो विषयमा आफैँले ठहर गर्ने वा त्यस्तोविषयमा ठहर गर्न तल्लो अदालतमा पठाउने,
(ङ) तल्लो अदालतको फैसलामा आनुषाङ्गिक वा प्रासांगिक परिवर्तन गर्ने ।