दफा २६३
पुनरावेदन, मुद्दा दोहोर्याउने वा पुनरावलोकनको निवेदन दिने अधिकारी

(१) दफा २५४ बमोजिम दायर भएका देवानी मुद्दामा पुनरावेदन गर्ने, मुद्दा दोहोर्याउने, पुनरावलोकन गर्ने वा सोविषयका लागि निवेदन दिने सम्बन्धी कार्य सम्बन्धित नेपाल सरकार वादी हुने मुद्दाको हकमा सरकारी वकीलले र प्रदेश सरकार र स्थानीय तह वादीहुने मुद्दाको हकमा प्रचलित कानून बमोजिम तोकिएको वा खटिएको वकीलले गर्नेछ ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह पक्ष वा विपक्ष भएको देवानी मुद्दामापुनरावेदन गर्ने, मुद्दा दोहोर्याउने, पुनरावलोकन गर्ने वा त्यस्तो विषयका लागि निवेदन दिने सम्वन्धी कामसम्बन्धित अधिकारी वा कार्यालय प्रमुख आफैँले गर्न सक्नेछ।तर सम्बन्धित अधिकारी वा कार्यालय प्रमुखबाट त्यस्ता कामका लागि सरकारी वकिल समक्ष लेखी पठाएमा नेपाल सरकार वादी हुने मुद्दाको हकमा सरकारीवकीलले र प्रदेश सरकार र स्थानीय तह वादी हुने मुद्दाको हकमा प्रचलित कानून बमोजिम तोकिएको वा खटिएकोवकीलले त्यस्तो मुद्दामा पुनरावेदन गर्ने, मुद्दा दोहोर्याउने, पुनरावलोकन गर्ने वा त्यस्तोविषयका लागि निवेदन दिने सम्बन्धी काम गर्न सक्नेछ ।