दफा २०८
पुनरावेदनपत्रको ढाँचा

(१) पुनरावेदन गर्न चाहनेले अनुसूची–२१ बमोजिमको ढाँचामा पुनरावेदन तयार गर्नु पर्नेछ ।
(२) पुनरावेदन गर्दा शिष्ट भाषामा पुनरावेदनपत्र लेखी पुनरावेदन जिकिरलाई पुष्टि गर्ने आवश्यक कागजातपुनरावेदनपत्र साथ संलग्न गर्नु पर्नेछ ।
(३) पुनरावेदन गर्दा तीन सय रुपैयाँ पुनरावेदन दस्तुर लाग्नेछ ।