दफा ३४
पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्ने
: (१) यस परिच्छेदअन्तर्गत साहूको सभाले पारित गरी अदालतबाट स्वीकृत भएको पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी कम्पनीको हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कार्यक्रमको कार्यान्वयनमा सुपरिवेक्षण तथा प्रबन्ध गर्नको लागि अदालतले पुनर्संरचना व्यवस्थापकलाई तोक्न सक्नेछ ।