दफा ३५
पुनर्संरचना कार्यक्रम हेरफेर तथा परिवर्तन हुन सक्ने
: (१) पुनर्संरचना कार्यक्रम कार्यान्वयन
हुँदाका बखत सो कार्यक्रम यथावतरूपमा पूरै वा आंशिकरूपमा कार्यान्वयन हुन नसक्ने तर
सो कार्यक्रम हेरफेर वा परिवर्तन गरी कार्यान्वयन हुन सक्ने देखिएमा पुनर्संरचना व्यवस्थापकले सो कार्यक्रम हेरफेर वा परिवर्तन गर्न साहूहरूको सभा बोलाउनेछ ।
(२) उपदफा (१) बमोजिम बोलाइएको सभाले कार्यक्रम हेरफेर वा परिवर्तन गर्ने प्रस्ताव पारित गरेमा स्वीकृतिका लागि अदालतमा पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम पेश भएको कार्यक्रम साहूहरूको हितको लागि स्वीकृत गर्न मनासिब हुने देखिएमा अदालतले त्यसो गर्ने आदेश दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम स्वीकृत भएको कार्यक्रम हेरफेर वा परिवर्तन भएबमोजिम कार्यान्वयन गर्नु पर्नेछ ।