दफा ३६
पुनर्संरचना कार्यक्रमको अन्त्य हुने
: (१) कम्पनीले पुनर्संरचना कार्यक्रम कार्यान्वयन  गरिसकेमा वा कम्पनीले सो कार्यान्वयन गर्न नसकी पुनर्संरचना व्यवस्थापकले गरेको निवेदनको आधारमा अदालतले अन्त्य गर्ने आदेश दिएमा त्यस्तो कार्यक्रमको अन्त्य हुनेछ ।
(२) उपदफा (१) बमोजिम कम्पनीले पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्न नसकी अदालतले अन्त्य गर्ने आदेश दिएकोमा त्यस्तो कम्पनी खारेज गर्नसमेत आदेश दिनु पर्नेछ ।