दफा २६
पुनर्संरचना कार्यक्रमको विवरण पेश गर्न नसकिने भएमा जानकारी गराउनु पर्ने
: (१)
पुनर्संरचना अवधिभित्र कम्पनीको पुनर्संरचना कार्यक्रमको विवरण अदालतमा पेश गर्न नसकिने भएमा पुनर्संरचना व्यवस्थापकले कारण खोली अदालतमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन पर्न आएमा अदालतले मनासिब ठहर गरेमा पुनर्संरचना गर्ने आदेश बदर गरी कम्पनी खारेज गर्ने आदेश जारी गर्न सक्नेछ ।