दफा ३२
पुनर्संरचना व्यवस्थापकले ऋण लिन सक्ने
: (१) कम्पनीको व्यवस्थापकको रूपमा काम
गर्दा पुनर्संरचना व्यवस्थापकले कम्पनीलाई चालू राख्न वा कम्पनीको व्यवसाय, कारोबार सञ्चालन गर्न कुनै रकम आवश्यक भएको ठानेमा कम्पनीको सम्पत्ति सुरक्षण दिई वा नदिई ऋण लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम लिएको ऋण रकम र त्यसका शर्तहरू दफा १७ मा व्यवस्था भएबमोजिम हुनेछ ।