नियम २९
पुनर्स्थापकीय न्याय सम्बन्धी व्यवस्था
: (१) बाल: न्याय सम्पादनको क्रममा दिशान्तर गर्दा, फैसला गर्दा र सजाय कार्यान्वयन गर्दासमेत पुनर्स्थापकीय न्यायका सिद्धान्तलाई बाल न्याय प्रणालीको आधारभूत सिद्धान्तको रूपमा अनुसरण गरिनेछ ।

(२) बाल न्याय सम्पादन गर्दा कसूरजन्य कार्यबाट सृजित आपराधिक दायित्वको निर्धारण, पीडितको न्याय पाउने हकको सम्मान र कसूरजन्य कार्यबाट प्रभावित पक्षको समाजमा पुनर्स्थापनाको सुनिश्चितताको लागि उपयुक्त उपायको रुपमा पुनर्स्थापकीय न्यायलाई अवलम्बन गरिनेछ ।

(३) उपनियम (१) र (२) बमोजिम पुनर्स्थापकीय न्यायको अनुसरण गर्दा देहायका मध्ये क्नै वा सवै उपायहरू अवलम्बन गर्ने गरी वाल अदालतले आदेश दिन सक्नेछ :-

(क) पीडित, पीडक, निजहरूको परिवार, घटनापश्चात्‌ उद्दार एवं उपचारमा संलग्न व्यक्ति र सहजकर्ता समेतको सहभागितामा कसूर गर्दाको परिस्थिति, कारण, हुन गएको क्षति, उपचार गर्दा लागेको खर्च समेतको विषयमा छलफल गराउने,

[ख) पीडित र प्रभावित पक्षलाई पुगेको क्षतिलाई मूल्याङइन गरी क्षतिको रकम यकिन गर्न सम्भव भएमा त्यस्तो रकम भराइ दिने,

(ग) पेशागत काम कारबाही गर्न नसक्ने गरी पीडितको क्षमता ह्वास भएको वा निजको हक लाग्नै सम्पत्ति हानि नोक्सानी हुन गएकोमा प्रत्यक्ष हानि नोक्सानी कसूरदारबाट भराइ दिने, (घ) आवश्यक देखिएका अन्य उपयुक्त उपाय अवलम्बन गराउने ।

(४) पुनर्स्थापकीय न्यायका अन्य आधार: र प्रक्रिया सर्वोच्च अदालतले बनाएको निर्देशिकामा व्यवस्था: भए बमोजिम हुनेछ ।