दफा २६
पुनर्स्थापना केन्द्रमा पठाउन सकिने
(१) लागू औषधको सेवनको कसूरदार वा शारीरिक वा मानसिक दुर्वलताबाट पीडित कसूरदार वा अन्य यस्तै कसूरदारलाई निजको उमेर, कसूर गर्दाको परिस्थितिलाई विचार गर्दा निजलाई कारागारमा नपठाई पुनर्स्थापना केन्द्रमा पठाउन उपयुक्त देखिएमा प्रोवेशन अधिकृतको सिफारिसमा अदालतले त्यस्तो कसूरदारलाई पुनर्स्थापना केन्द्रमा पठाउन सक्नेछ । स्पष्टीकरण यस दफाको प्रयोजनको लागि “पुनर्स्थापना केन्द्र” भन्नाले लागू औषध वा अन्य दूव्र्यसनी वा शारीरिक वा मानसिक दुर्बलताबाट पीडित कसूरदारलाई उपचार तथा पुनर्स्थापना सेवा प्रदान गर्ने उद्देश्यले स्थापित संस्था सम्झनु पर्छ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा २४ को उपदफा
(३) मा उल्लिखित कसूर गर्ने कसूरदारलाई पुनर्स्थापना केन्द्रमा पठाउन सकिने छैन ।

(३) उपदफा (१) बमोजिम कसूरदारलाई पुनर्स्थापना केन्द्रमा पठाउ“दा निजले पालना गर्नु पर्ने शर्तहरु समेत तोकिदिनु पर्नेछ ।

(४) कसूरदारले उपदफा (३) बमोजिमका शर्तहरु पालना गरी पुनर्स्थापना केन्द्रमा कैद अवधि भुक्तान गरेमा निजले कैद अवधि भुक्तान गरेको मानिनेछ ।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पुनर्स्थापना केन्द्रमा रहेको कसूरदारको चालचलनमा सुधार नआएमा वा उपदफा (३) बमोजिमका शर्त पालना नगरेमा वा त्यस्तो अवधिमा निजले कैद सजाय हुने कुनै कसूर गरेमा निजले यस दफा बमोजिमको पूरा कैद अवधि कारागारमा भुक्तान गर्नु पर्नेछ ।