नियम ३०
पुनस्थापना तथा सेवा केन्द्र सम्बन्धी व्यवस्था
(१) उजुरीको कारबाहीको सिलसिलामा पीडित वा निजको साक्षीलाई जीविकोपार्जनको लागि अल्पकालीन आश्रयस्थल वा सेवा केन्द्रमा बस्नुपर्ने वा जीविकोपार्जन सम्बन्धी सहयोगको आवश्यकता भएमा पीडितले त्यसको पर्याप्त र विश्वसनीय आधार खुलाई आयोग वा कार्यालयमा निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) - बमोजिम निवेदन पर्न आएमा त्यस्तो निवेदनबाट पीडित वा निजको साक्षीलाई अल्पकालीन आश्रयस्थल वा सेवा केन्द्रमा राख्नुपर्ने देखिएमा आयोग वा कार्यालयले त्यस्तो पीडित बा निजको साक्षीलाई जीविकोपार्जनका साथै अल्पकालीन आश्रयस्थल वा सेवा केन्द्रमा राख्नको लागि सोसँग सम्बन्धित देहायका कार्यहरु गर्नु पर्नेछ:-

(क) अल्पकालीन आश्रयस्थल वा सेवा केन्द्रमा आश्रयको लागि सम्बन्धित निकाय समक्ष लेखी पठाउने,

(ख) सीपमूलक तथा आयमूलक तालिम तथा रोजगारीको लागि सम्भव भएसम्म सम्बन्धित सरकारी तथा गैरसरकारी निकायमा सहयोगको लागि अनुरोध गरी पठाउने,

(ग) आवश्यकता अनुसार पीडित तथा गीडिसप्मा पाा्यित दातार्याटाकाका निःशुल्क शिक्षा तथा स्वास्थ्य उपचारको लागि सम्बन्धित निकायमा सहयोगको लागि अनुरोध गरी पठाउने ।

(३) उपनियम (२) बमोजिम लेखी आएमा सम्बन्धित अल्पकालीन आश्रयस्थल वा सेवा केन्द्रले सो: केन्द्रमा राखे व्यवस्था मिलाई सोको जानकारी आयोग वा सम्बन्धित कार्यालयलाई गराउनु पर्नेछ।