दफा ६०
पुरस्कार प्रदान गरिने
: (१) सङ्गठित अपराध मानिने कुनै कार्य कसैले गरेको वा गर्न लागेको छ भन्ने सूचना दिई त्यस्ता अपराध गर्ने वा गराउने व्यक्तिलाई पक्राउ गर्न वा अनुसन्धानको कार्यमा सहयोग पुर्या उने व्यक्तिलाई त्यस्तो अपराध गर्ने व्यक्तिलाई भएको जरिवानाको बीस प्रतिशत बराबरको रकम पुरस्कार प्रदान गरिनेछ ।
(२) उपदफा (१) बमोजिम सूचना दिने व्यक्ति एक जनाभन्दा बढी भएमा निजहरुलाई त्यस्तो रकम दामासाहीको दरले दिइनेछ ।