दफा १८
पुरस्कार, सेवाको निरन्तरता वा छानवीन सम्बन्धी व्यवस्था
१८. पुरस्कार, सेवाको निरन्तरता वा छानवीन सम्बन्धी व्यवस्था ः
नेपाल सरकारले प्रत्येक वर्ष बोर्डको सिफारिसमा सार्वजनिक संस्थानका कार्यकारी प्रमुखलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा देहाय बमोजिम गर्न सक्नेछ
(क) लक्ष्यको शतप्रतिशत प्रगति हासिल गरेको देखिएमा उपयुक्त तवरले पुरस्कार प्रदान गर्ने,
(ख) व्यक्तिगत रुपमा नव्वे प्रतिशत र सामूहिक रुपमा पचहत्तर प्रतिशत सम्म लक्ष्य पूरा भएमा सेवालाई निरन्तरता दिने,
(ग) लक्ष्यको पचास प्रतिशत भन्दा बढी र पचहत्तर प्रतिशत भन्दा कम प्रगति भएमा छ महिनाको सुधार योजना सहित निरन्तरता दिने,
(घ) लक्ष्यको पचास प्रतिशत भन्दा कम प्रगति भएमा छानवीन गराई प्रतिवेदन अनुसार गर्ने ।