दफा १८
पुरस्कार
: (१) मुद्दाको अन्तिम किनारा लागेपछि कसूर सम्बन्धी सूचना दिने व्यक्तिलाई वितरकले तोकिए बमोजिमको रकम पुरस्कार स्वरुप दिनेछ ।
तर त्यस्तो पुरस्कार वितरक, वितरकको कर्मचारी र निजको परिवारलाई दिइने छैन ।
(२) उपदफा (१) बमोजिम दिइने पुरस्कार सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।