दफा ६
पूजाआजा गुठी चलाउन सकिने :
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि संवत् २०६४ साल चैत्र मसान्तसम्म तत्कालिन कानुन बमोजिम कायम रहेकाराजा रजौटाहरूले कुनै देवालय, मठ मन्दिरमा पूजाआजा सञ्चालन गरे वा गराएको रहेछ भने त्यस्तो देवालय, मठ मन्दिर सञ्चालनका लागि छुट्टै आयस्रोतको व्यवस्था भएकोमा बाहेक त्यस्तो देवालय, मठ मन्दिरमा चलिआएको पूजाआजा सञ्चालन गर्न नेपाल सरकारले दिएको आदेश अनुसार प्रचलित कानुन बमोजिम खडा भएको गुठी संस्थानले साविक बमोजिम राजगुठीको आम्दानीबाट पूजाआजा गुठी सञ्चालन गर्न आवश्यक खर्चको व्यवस्था गर्नेछ ।