नियम ५१
पूरक प्रश्न
(१) प्रश्नको मौखिक उत्तरको सम्बन्धमा अरु स्पष्टीकरण आवश्यक भएमा पूरक प्रश्नहरू सोध्न सकिनेछ । (२) पूरक प्रश्न मूल प्रश्नसँग स्पष्ट रुपमा सम्बद्व हुनु पर्नेछ । (३) यस नियमावली बमोजिमका प्रश्न सम्बन्धी शर्तहरू पुरक प्रश्नको हकमा पनि लागू हुनेछ ।