दफा ६४
पूर्पक्ष सम्बन्धी व्यवस्था
(१) यस ऐन बमोजिम गिरफ्तार गरिएको व्यक्तिलाई एक वर्ष वा सो भन्दा बढी कैदको सजाय हुन सक्ने वन सम्बन्धी मुद्दाको अभियोगमा तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिएमा वा त्यस्तो प्रमाणबाट कसूरदार देखिने मनासिब माफिकको आधार देखिएमा त्यस्तो अभियुक्तलाई पूर्पक्षको लागि थुनामा राखी कारबाही गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा लेखिए देखि बाहेकका अरु कसूरदारलाई निजलाई हुन सक्ने कैद वा जरिबानाको उपल्लो हदसम्मको नगद धरौट वा जेथा जमानी दिए तारिखमा र दिन नसकेमा थुनामा राखी मुद्दाको पूर्पक्ष गर्नु पर्छ ।
तर पटके कसूरदारलाई धरौटीमा छाड्न पाइने छैन ।
(३) उपदफा (१) वा (२) बमोजिम अभियुक्तलाई थुनामा राखी कारबाही गर्दा थुनामा रहेका दिनहरुलाई कैदमा गणना गरी कसूरदारलाई हुनसक्ने सजायको हदभन्दा बढी दिन थुनामा राख्न पाइने छैन ।